"Jawan Paradeshma" Album: Kohinoor Voice: Dawa Gurung Lyrics: Nisprabh Saji Music: Bhanubhakta Dhakal Distribution: Riyaaz Musicजवान परदेशमा जवानी एक्लै छ
तिम्रो र मेरा प्रेम कहानी एक्लै छ
कहिले होला तिम्रो स्पर्शको छाप लाग्ने
तिमी हुँदै बनाएको राहदानी एक्लै छ
देख्नेहरू सबै यहाँ भीडभाड देख्छन्
सत्ते तिमीबिना यो राजधानी एक्लै छ
जवान परदेशमा जवानी एक्लै छ
तिम्रो र मेरा प्रेम कहानी एक्लै छ
-निष्प्रभ सजी